कांग्रेस सभापतिका छोरा को सडक दुर्घटनामा निधन

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
कार्तिक, २७ गते, गुल्मी। नेपाली कांग्रेस नेटा गाबिसका सभापति बोम बहादुर श्रीषका २२ बर्षिय छोरा संदेश श्रीषको आज बुटवलमा गाडीले हानेर निधन भएको छ। बिहान कोठाबाट मर्निङ्ग वाकमा हिडेका श्रीष नम्बर नखुलेको एउटा गाडीले ठक्कर दिदा घटनास्थल मै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको टाउको बिभत्स तरिकाले क्षत विक्षत भएको छ।

sketch-road-accidentसंदेश भारतीय सेनाका जवान हुन्। डेढ बर्ष अघि मात्र भारतीय सेना मा भर्ति भएका श्रीष तिहार मान्नको लागि घर आएका थिए। तिहार चाहिं गुल्मी नेटा-७ को पुर्ख्यौली घरमा नै मनाएका श्रीष द्यौसी भैलो खेलेर रमाइलो गरेका थिए। बुवा आम सहित बुटवल मा भाडामा बस्ने श्रीष परिवार तिहार मानेर केहि दिन मात्र बुटवल गएको थियो। पारिवारिक स्रोतले बताए अनुसार सन्देशको बिवाह गर्ने कुरा पनि चलिरहेको थियो। बोम बहादुरका कान्छा छोरा सन्देशको दुर्घटना सुने पछि नेटा र दर्लिंगका उनका आफन्त हरु बुटवल तिर जादै छन्।

Comments

comments

Comments are closed.