पहिलो पटक क्षमताको आधरमा रेसुङ्गा क्याम्पस प्रमुखको नियुक्ती, हरिबहादुर केसी छैठौं क्याम्पस प्रमुख

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, कार्तिक–२८ । गुल्मी जिल्लाको शैक्षिक धरोहर मानिने रेसुङ्गा वहुमुखी क्याम्पसले पहिलो पटक जेष्ठताको आधारमा बनाईने प्ररम्परा तोडेर कार्यदक्षताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरेको छ । hari-bdr-kc
त्यो परम्परा तोड्नका लागि क्याम्पस सञ्चालक समितिले कार्तिक ७ गते कार्यपत्र मार्फत कार्य दक्षता प्रतिष्पर्धा आव्हान गरेको थियो । सोही अनुरुप एक जना पात्र हरिबहादुर केसीले मात्र कार्तिक १२ गते कार्यपत्र पेश गरेका थिए । चार वर्षे कार्यकालमा उनले क्याम्पस सञ्चालनको कार्यपत्र पेश गरे पछि समितिले त्यस उपर मुल्याङन गर्दा योग्य ठठर गर्दै केसीलाई क्याम्पस प्रमुखमा नियुक्ती गरेको समितिका अध्यक्ष शालिक पन्थीले जानकारी दिए ।

त्यसरी प्रतिष्पर्धा गराउँदा त्यस क्याम्पसमा १२ वर्ष अनुभव हाँसिल गरेका १६/१७ जना उपप्राध्यापक र प्राध्यापकहरुले अवसर पाउने भएकोले पहिलो पटक यो विधीको प्रयोग गरिएको उनको दावि छ । तर यस अघि निमित्त क्याम्पस प्रमुखको कार्यभार सम्हालेका गुणानिधी शर्मा लगायतका असन्तुष्टहरुले भने त्यो विधीलाई टेण्डरको संज्ञा दिदै असन्तुष्टी जाहेर गर्दै आएका छन् । यस अघि जेष्ठताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरिने बताएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष पन्थी यसपाली दक्ष क्याम्पस प्रमुख सर्वसम्मत नियुक्ती गरिएको दावि गर्दछन् ।

२०३९ सालमा समुदायले स्थापना गरेको उक्त क्याम्पसको पहिलो क्याम्पस प्रमुख शशी पन्थी थिए । उनले पनि चार वर्षे कार्यकाल पुरा गर्न नसकी विचमै निस्कीनु परेको अध्यक्ष पन्थीले बताए । उनका अनुसार दोश्रो कार्यकाल प्रेमनाथ अर्यालले पनि पुरा गर्न सकेका थिएनन् । तेश्रो कार्यकाल दिन पन्थी पनि छोटो अवधीमै वाहिरीनु परेको थियो । चौथो कार्याकाल चन्द्रकान्त पन्थीले मात्रै पुरै चार वर्ष क्याम्पस प्रमुख रहन सफल भएका थिए । पाँचौ कार्यकाल ढुण्डीराज पोखरेल डेढ वर्ष नपुग्दै निस्कीनु परेको थियो । श्रोेतका अनुसार उनको र समितिका अध्यक्ष विच केहि महिना अघि देखि सम्वन्ध विग्रे पछि पोखरेलले आफुलाई सहयोग नभएको भन्दै धेरै अघि नै राजिनामा दिएर बसेका थिए ।

१२ वर्ष अवधी पार गरेका गुणानिधी शर्मालाई निमित्त दिएर माछो माछो भ्यागुतो भने जस्तै गराईएको उनि पक्षधरहरुको आरोप रहेको छ । छैठौं क्याम्पस प्रमुख नियुक्त भएका केसी यस अघि पनि क्याम्पस प्रमुखको अनुभव संगालेका प्राध्यापक हुन् ।  उनले २०५२ साल देखि ३ वर्ष सम्म वाग्लुङ्गको वुर्तिवाङ्गमा रहेको जनता क्याम्पसको क्याम्पस प्रमुख भएका थिए । २०५५ साल देखि रेसुङ्गा क्याम्पसमा अध्यापन गराउँदै आएका केसीले एमविए र विल सम्मको अध्यान पुरा गरेका छन् ।

गुल्मीकै हस्तीचौर २ हर्पुकोटका दुर्गाबहादुर खत्री र माता धनकुमारी खत्रीको कोखबाट २० सालमा २०२५ साल पौष १४ गते .जन्मिएका केसीले आफ्ना्े गाउँको हिमालय उच्च माविमा भने कक्षा ७ सम्म मात्रै अध्यान गरेका थिए । वाग्लुङ्गको ग्वालीचौरमा रहेको भानु उच्च माविबाट एसएलसी दिई उनि उच्च शिक्षा तर्फ लम्कीएका थिए । केसी भद्र र शिष्ट व्यक्तिका रुपमा चिनिन्छन् ।

Comments

comments

Comments are closed.