मेलामा एउटा वेग्लै दृश्य

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्म्ी , कार्तिक– २८ । अनेक महँङ्गा महँगा फेशन , प्राय सवैका हातमा दश हजार भन्दा बढि मुल्यका मोवाईल सेट , कोही मोटाघाटा र खानदानीहरुको विचमा एउटा बृद्धको टिठ लाग्दो दृश्य देखिन्थ्यो गुल्मी दर्लिङ्गको भव्य एकादशी मेलामा ।dublo-budo-manchhe-darling

दुव्लो शरिर , कलेटी परेका ओठ , फुलेको शिरमा घेरो गएको टोपी , साँझ सम्म चिसो बढ्दै थियो । अरुले खोलेको कोट र जाकेट जाडो भएर भिर्दै थिए । उनका शरिमा पातला कपडाहरु थिए । ति पनि आफैका नभएर कसैबाट दिईएका जस्ता देखिन्थे । दर्शक दिर्घमा बसेका ठुलाबाडाहरुको अगाडी टुक्रक्क भुईमा खाली खुट्टा वसेका उनलाई पक्कै ति दलित समुदायका वृद्ध होलान भनेर अनुमान गर्न सकिन्थ्यो ।

उनको तस्वीर क्लिक्क पारेर खिच्न वित्तिकै स्थानिय संग जिज्ञाषा राख्दा नभन्दै उनि दलित नै रहेछन् । दर्लिङ्ग ६ का उनि खड्गबहादुर परियार रहेछन् । ७० को नेटो काटेका उनले बैश उमेर छउञ्जेल कपडा सिलाउने देखि वाजा बजाएर उनले रमाईलो दिए ।

अहिले उनलाई अरुले गरेको रमाईलो अभाव भई रहेको छ । बृद्ध भए पनि बैश उमेरका जस्तै बढो रोमाञ्चित हुँदै रमाईलो नियाली रहेका थिए । उनका पाँच भाई छाृेरा र श्रीमति छोरीहरु समेत रहेको स्थानियले बताए । जन्मे हुर्के देखि आफ्नो पेशा संगै मजदुरी समेत गरेका उनको जस्तै हविगत बुढेशकालमा ग्रामिण भेगका दलितहरुको रहेको छ ।

Comments

comments

Comments are closed.