भाइले ढुंगाले हान्दा दाजु ठहरै

  •  
  •  
  •  
  •  
  •  

फलेवास (पर्वत), २८ कात्तिक । उत्तरी पर्वतका क्याङ गाविस–६ उपल्लोफाँटमा घरायसी विवादका क्रममा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ । गएराति ८ बजे स्थानीयवासी ४२ वर्षीय दलबहादुर पुर्जाको आफ्नै भाइ ३६ वर्षीय बलबहादुर पुर्जाको कुटाइबाट ज्यान गएको हो ।

घरायसी सामान्य विवाद हुँदा टाउकोमा ढुङ्गाले लागी गम्भीर घाइते भएका दलबहादुरको उपचारका लागि गण्डकी अस्पताल, पोखरा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिप्रका, पर्वतले जनाएको छ । उक्त घटनामा संलग्न बलबहादुरलाई जिप्रका, पर्वतले पक्राउ गरेको छ । शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्वतका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिनुभयो । रासस

Comments

comments

Comments are closed.