जसले नेटावासीलाई आँशुको पोखरीमा डुवाएर विदा भए

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, कार्तिक २८ । गहुँगोरो चिटिक्क परेको हाँसिलो मुहार अनि रंङ्गीलो फरासीलो स्वभाव । गाउँमा नाचेर गाएर कहिल्लै नथाक्ने र दर्शकहरु उनिबाट कहिल्लै नमिच्छीने गर्दथे । यहि क्रममा उनी भारतिय सेनाको लाहुेर भए । गाउँमा उनी विना केहि समय शुन्यता छायो । लाहुरे भएर पहिल्लो छुट्टीमा आएका उनलाई हिजोका साथी संङ्गीहरुले नघेर्ने त कुरै भएन, उनि संग विवाह गर्न पाए त जिवनकै सपना पुरा हुने थियो भन्दै नकल्पीने कुनै युवतीहरु थिएनन् होला शायद । sandesh-shrish
नेपाली कांग्रेस नेटा गाविसका सभापती वोमबहादुर श्रीसका कान्छा र प्यारा छोरा सन्देश श्रीसको अधुरो जीवनको कथा हो यो । जसले तिहार मान्न छुट्टि लिएर आएको केहि दिन नवित्दै कार्तिक २७ गते विहान मर्निङ वाक गर्ने क्रममा गाडीले हानेर विसवाईसे अल्पायुमै ज्यान गुमाउनु पर्‍यो ।
एक्कासी घाउँमा खवर आयो । सन्देशको ज्यान गयो भन्दै । सारामा रुवावासी चल्यो । अरु भन्दा पनि सवैका आँखमा सन्देशले तिहारमा गरेको रमाईलो र त्यस अघिका दिनहरुमा नाच्ने गाउने गरेको दृश्य नाचिरह्यो । डेढ वर्ष अघि मात्र भर्ति भएकोले उनको विवाहको चाँजोपाँजो मिलाउने तर्खर पनि परिवारमा चल्दै थियो ।
आखिर प्राकृतिक नियम र समयको माग न हो, उनको पनि कसैसंग गहिरो प्रेम र विवाहको सपना थियो नै होला । त्यस्तो सपना देखेर वसेकी उनकी प्रेयसी थिईन भने अहिले उनको अवस्था के भए होला ?
सारै हँसिला सन्देश यो समाचारदाता दुई वर्ष अघि नेटामा जाँदा आफु मेरो फ्यान भएको भन्दै ओझेलका खवरका विषयमा हाँसो ठट्टा पनि गर्ने गर्दथे । बलिष्ठ शरिर भएका सन्देश भर्ति हुनु पुर्व पनि राम्रा खेलाडी थिए । अत्यन्तै मिलनसार सन्देश आँखामा राख्दा पनि नविझाउने खालका थिए ।
sandesh-shrish-1त्यस दिन विस्तराबाट जुरुक्क उठेर झिसमिसेमा हिँड्दै गरेका सन्देशलाई खै कहाँको रात्री वस आयो र ड्याङ्ग हानेर भाग्यो र हामीबाट उनलाई सधैका लागि चुँड्यो । अहिले हामीसंग उनको त्यही नाचगान, हिँडडुलको नखिचेको फोटो मात्रै रहेको छ । जेहोस् उनले गाउँमा नाचगान गर्दाको र एउटा लाहुेर छँदाको तस्वीर भने सम्झनाका लागि छाडेर गएका छन् । तिनै तस्वीरहरु नै उनलाई सधै सम्झाई रहने माध्यम बन्ने छन् । हार्दिक श्रद्धाञ्जली सन्देश तिमी हाम्रो स्मरणमा सधै रही रहने छौं ।

Comments

comments

Comments are closed.