गुल्मीमा खाद्य दिवस मनाईयो

  •  
  •  
  •  
  •  
  •  

हुमकान्त पोखरेल
कार्तिक २८ गते । ३६ औ विश्व खाद्य दिवस समारोह कार्यक्रम गुल्मीमा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला कृषि विकास कार्यलयको आयोजना तथ किसान परियोजनाको सह आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यलयका रणबहादुर महतोले विश्वमा भइरहेको जलवायु र त्यसले पारेको असरको जानकारी गराउनुभएको थियो । त्यसैगरि वरिष्ठ अधिकृत चक्रमणि पन्थीले जल्लामा भइरहेका कृषि गतिविधि तथा विभिन्न स्थानहरुमा परेका कृषिसम्बन्धि योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै कार्यक्रममा ७ करोड ८ लाख १२ हजार रुपैया बराबरको आयब्य प्रस्तुत गरिएको थियो ।
त्यस्तै खाद्य दिवसकै अवसरमा जिल्लाका ३ जना कृषकहरुलाई नगद रु १०, १० हजार र प्रमाणपत्रसहित उत्कृष्ठ राष्टपति पुरस्कले सम्मानित गरिएको थियो । यसरि पुरकृत हुनेहरुमा रेनपा ११ का तरकारी खेति गर्ने विन बहादुर कुवँर, रेनपा ३ का मौरि पालन गर्ने चेतमान कुवँर र बम्घा ६ का माछा पालन गर्ने कृष्ण प्रसाद ज्ञवाली रहनुभएको छ । उहाँहरुलाई कार्यक्रमकी प्रमुख अतिथि माननिय सांसद दिलशोभा पुनले पुरस्कार वितरण गर्नुभएको हो । त्यसैगरि कार्यक्रमकै अवसरमा ७ गते सञ्चालन गरिएको निबन्ध प्रतियोगिताका उत्कृष्ठलाई पनि पुरस्कृत गरिएको छ । जसमा प्रथम प्रथम प्रभास भण्डारी, द्धितिय रमा पन्थी र तृतिय असिम भण्डारीलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला प्रविधिक कार्यलयका प्रमुख बैकुण्ठ अर्यालको अध्यक्षता, सभासद पुनको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको विशेष आतिथ्यतामा सम्पन्न भएको थिया

Comments

comments

Comments are closed.