गुल्मीको पुनर्संरचना निर्णय सच्चाई पाँच गाबिसको छुट्टै क्लस्टर बनाउन आयोगमा निबेदन

  •  
  •  
  •  
  •  
  •  

राजु गौतम
कार्तिक २९, काठमाडौँ । गुल्मी जिल्लाको स्थानीय निकाय पुनर्संरचना आयोगले गरेको सिमांकनमा गम्भीर असहमति जनाउदै जिल्लामा आन्दोलन हुदा हुदै पनि सहमति भनि पठाइएको निर्णय गलत भएकाले तुरांग, रुपाकोट, जुभुंग, आँपचौर र बलिथुमका विभिन्न पार्टीका युवाहरुले काठमाडौँको आयोगमा गइ निर्णय सच्चाउन भन्दै निबेदन दर्ता गराएका हुन् ।

nibedan-toliहरि भण्डारीको नेतृत्वमा गएको २४ जनाको टोलीले निकायका गुल्मी लगायतका जिल्लाको गुनासो सुन्ने जिम्मेवारी पाउनु भएका आयोगका सदस्य माधव अधिकारी समक्ष निबेदन दर्ता गराइएको थियो । टोलीको नेतृत्व गर्नु भएका एमालेका यूवा नेता समेत रहनु भएका भण्डारीले अत्यन्त अबैज्ञानिक तरिकाले संरचना निर्माण गरिएकाले त्यस भेगका जनता आन्दोलित हुनु परेको बताउनुभयो । जिल्ला सदरमुकाममै बसी राजनैतिक दलका नेताहरुले पूर्वाग्रह पुर्वक सिमांकन र गाउँ/नगरपालिका बिभाजन गरि तिनको केन्द्र समेत तोकिएको गुनासो उपस्थित युवाहरुले गरेका थिए ।
“यसलाई स्थानीय जनताको माग अनुसार यी पाँच गाबिसको एउटा क्लस्टर बनाइनु पर्ने हाम्रो जोडदार माग रहेको छ”, भण्डारीले बताए । गुनासो सुन्दै सदस्य अधिकारीले पुनर्संरचना जनाताको लागी गरिने हुनाले सबैलाई मान्य र बैज्ञानिक हुनुपर्ने बताउनु भयो। साथै उहाँले निर्देशिका पल्टाउदै आयोगले प्रस्ट रुपमा आधारहरु तय गरेर पठाएको छ र त्यस अनुसार संरचना निर्माण गरिएको नभेटिए वा त्रुटी भेटिए आयोगले त्यो सिमांकन फिर्ता पठाउने बताउनुभयो । अधिकृत माधव अधिकारीले गुनासाहरु देश भरिबाट आएका छन् र ति गुनासो मुल्यांकन गरि पुन: जिल्ला-जिल्लामा पठाई सचाउन निर्देशन दिइने बताउनुभयो ।

निबेदन दर्ता गरिसकेपछी बसेको युवाहरुको जमघटले  केन्द्रको लागि हामी पछि आपसमा छलफल गरेर तय गरौंला वा प्रक्रिया अनुसार प्रथम निर्वाचन पछि बन्ने स्थानीय प्रतिनिधिले गर्ने गरि जान सकिन्छ, तर यी ५ गाबिसको एउटा छुट्टै क्लस्टर बनाउनको लागि पार्टीगत स्वार्थ भन्दा माथि उठी एक ढिक्का भएर लागि पर्ने प्रतिबद्धता जनाएको थियो। जिल्लामा रहेका अगुवाहरुसंग समन्वय गरि आबश्यक परे दबाब दिनको लागि जिल्ला सम्म पुग्ने प्रतिबद्धता पनि ब्यक्त गरिएको थियो।

दर्ता गरिएको निबेदन यस प्रकारको रहेको छ।

nibedan1
nibedan2
nibedan3
nibedan4
nibedan5

 

Comments

comments

Comments are closed.