एएफसी सोलिडारिटी कपको उपाधि नेपालले उचाल्यो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- नेपालले मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाउलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो ।

नेपाललाई उपाधि दिलाउने एकमात्र गोल खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले हेड मार्फत गरे।

यो नेपाल र मकाउबीचको यो छैटौं भेट हो। यसअघि दुर्इ देशबीच भएको ५ खेलमा नेपालले ३ मा जित, १ मा बराबरी र अर्को १ मा हार व्यहोरेको थियो। एएफसी सोलिडारिटी कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइ बेकरमा ३–० गोल अन्तरले पराजित गरेको थियो।
nepal football

Comments

comments

Comments are closed.