आजबाट गुल्मीमा पेन्सन बितरण क्याम्प सुरु

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर १ । भारतिय सरकारी सेवाबाट अवकास प्राप्त भुपु कर्मचारीहरुलाई बितरण गर्दै आएको पेनसन बितरण क्याम्प गुल्मीमा आजबाट सुरु भएको छ । प्रत्येक वर्षको ६/६ महिनामा बिरण गर्दै आएको पेनसन बितरण क्याम्प आजबाट १२ दिन सम्म सदरमुकाम तम्घासमा संञ्चालन हुने भारतिय पेनसन बितरण क्याम्प गुल्मीका सेक्रेटरी बिष्णु कुमार थापाले जानकारी दिनुभयो ।
गुल्मीमा बितरण हुने पेन्सन लिन गुल्मी लगायत अर्घाखाँची, बाग्लुङ्ग, प्युठान लगायतका स्थानबाटभारतिय सरकारी सेवाबाट अवकास प्राप्त भुपु कर्मचारीहरु आउने थापाले जानकारी दिनुभयो । जिल्लामा १२ दिन सम्म चल्ने क्याम्पमा करिव ७ हजार ५ सय भन्दा वढीले क्याम्पबाट पेनसन बुझने गर्दछन् भने केहिले बैकबाट बुझने गर्दछन् । पेन्सन बितरण हुने भएसगै सधै जसो सुन्य हुने तम्घासको बाख्रे छेडा बजारमा चहलपहल बढेको छ । पेन्सन बितरण क्याम्प क्षेत्रमा भारत तथा नेपालका बिभिन्न स्थानबाट बिभिन्न व्यावसाय लिएर आउनाले चहलपहल वढने गर्दछ ।

Comments

comments

Comments are closed.