जापानले दियो नेपाललाई चारवटा एम्बुसलेन्स, गुल्मी रेडक्रसको भागमा पनि एउटा पर्‍यो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा नेपालका लागि जापानका राजदूत मासासी ओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापामार्फत जिल्लाहरुलाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गर्नुभयो ।
नेपाल रेडक्रसका गुल्मी, प्युठान, मोरङ र उदयपुर जिल्लाका रेडक्रस प्रतिनिधिहरुलाई ती एम्वुलेन्सहरु बुधबार नै हस्तान्तरण गरिएको छ । प्राप्त एम्वुलेन्सहरुको लागत करिव ७४ लाख रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रस सोसाइटीलाई जापान सरकार र जापानी रेडक्रसले लामो समयदेखि सहयोग गरिरहेकोमा खुसशी व्यक्त गर्नुभयो ।
ambulance-from-japan
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जापानीज राजदूत मासासीले नेपालका ग्रामीण समुदायका मानिसहरुलाई स्वास्थ्य सेवा खाँचो परिपूत्रगयतुर्ति गर्न सहयोग स्वरुप यी एम्बुलेन्सहरु सहयोगी हुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले नेपाल रेडक्रससँग तीन दशक अगाडिदेखि खानेपानी, सरसफाई लगायत मानवीय सेवा कार्यमा सहयोग गर्दै आएकोमा जापान सरकार, जापनीज रेडक्रस र जापानी जनताबाट उत्प्रेरित भइआएको बताउनुभयो ।

Comments

comments

Comments are closed.