पश्चिम क्षेत्रकै प्रसिद्ध न्वागी मेला सुरु

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर ३ । स्थानीयहरुले गुल्मी र बाग्लुङ्ग अन्र्तगत पाँैदीवासीहरुको न्वागीमेला सुरु भएको भएको छ । गुल्मी सिमानामा पर्ने बाग्लुङ्ग जिल्लाको खारा बजारमा मेला सुरु भएसगै त्यस क्षेत्रमा चहलपहल बढेको छ । बाग्लुङ्ग जिल्लाको ग्वालिचौर गाविसको खारबजारमा शुक्रवारबाट सोमबार ४ दिन सम्म सञ्चालन हुने मेलामा सामान्य फलफुल पसलदेखि ठूला होटल व्यवसाय र झुला पिङ्ग लगायत झण्डै ७० वटा स्टलहरु राखिने भएको छ । nawagi-mela-1jpgपश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई त्यस क्षेत्रका स्थानियले एउटा व्यापारिक केन्द्रकको रुपमा पनि लिने गरेका छन् ।
मेलालाई मध्यनजर गरि बिभिन्न स्थानबाट आपफ्नो व्यापार लिएर खार बजारमा व्यापारिहरु आउने गर्दछन् । मेलामा बढि मात्रमा फलफुल अन्र्तगत सुन्तला, होटल व्यवसाय, फेन्सी कपडा पसल तथा स्थानियरुपमा उत्पादित कषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ । यसवर्षको मेलामा १ करोडभन्दा वढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको मेला समितिका कोषाध्यक्ष प्रदिप खरेरलले जानकारी दिए । स्थानीयहरुले न्वागी खाने समय मँसिर ३ गते, दिउँसो २ बजेर २ जाँदा दक्षिण दिशा तर्फ उत्तम रहेको न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।
कृषकहरुले उत्पादन गरेका नगदे, हिउँदे खाद्यान्न, बेमौसमी लगायतका कृषिप्रदर्शनी हरु प्रदर्शन गरेवापत कृषकहरुलाई सम्मान गर्ने गरिएको पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब आचार्यले जानकारी दिए । स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्पादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गरेका छन् । खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन भने आफना आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ । परापुर्व कालमा स्थानीय हरुले बाजा गाँजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो रहेको छ । मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन ।
यस बर्ष पनि बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजकले जनाएको छ । महोत्सबमा खुल्ला भलिबल प्रतियोगीता, लोकगित तथा नृत्य प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला रेकड डान्स, अन्तरआमा सÞमुह स्तरिय म्यूजिकल चियर प्रतियोगिता, लगायत कृर्षी ब्यवसायी द्धारा उत्पादित कृर्षीजन्य बस्तुको मुल्याड़कन गरी नगद तथा प्रमाणपत्र बितरण गरीने मेला आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय स्तरका लोकदोहोरी,आधुनिक, तथा हास्यकलाकारको बोजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रशिद्ध न्वागी पर्व बागलुङको ग्वालिचौर, जलजला, दगातुंडाँडा तथा गुल्मीको पौँदीअमराई, नेटा, दोहोली आदि गाविसहरुका जनताहरुको व्यापक सहभागिता रहने भएपनि यो न्वागी पर्व (मेला) बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ । न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखा, लगायत देशका बिभिन्न भागहरुमा पनि मनाईने गरिन्छ ।

Comments

comments

Comments are closed.