​युवा संघ नेपाल वडा कमिटी रेनपा ४ को प्रथम अधिबेसन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

दुर्गा प्रसाद भण्डारी
मङ्सिर ४ । युवा संघ नेपाल गुल्मी रेनपा ४ को वडा अधिबेसन अर्खलेमा सम्पन्न भएको छ । कार्यक्रम युवा संघ नेपाल रेसुंगा नगर कमिटि अध्यक्ष रेम्लाल बस्यालको सभा अधक्ष्यतमा सम्पन्न भएको हो ।
युवा संघ नेपाल जिल्ला कमिटी सदस्य तथा पूर्व जिल्ला अधयक्ष कृष्ण प्रसाद भण्डारीको प्रमुख अतिथ्यता सम्पन्न उक्त कार्यक्रममा गुल्मी जिल्ला क्षेत्र न ३ का क्षेत्रिय कमिटी सचिब ओम कार्कीको बिषेश अतिथ्यता रहेको थियो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि कृष्ण प्रसाद भण्डारीले आफ्नो ब्यक्तित्व र नेतृत्व बिकासको लागि सम्पूर्ण युवाहरु युवा संघ नेपालमा आबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा महाशर्मा भण्डारी, बिजय मरासिनी, तोयानाथ मरासिनी, कुलानन्द भण्डारी लगायतले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सुरेश भण्डारीको अध्यक्षतामा निर्बिरोध १९ सदस्यीय वडा कमिटि गठन गरेको छ । जसमध्य उपध्क्ष्य कृष्ण गौतम, सचिब सम्झना बराल, सहसचिब प्रकाश भण्डारी, कोषाध्यक्ष कमल गौतम, त्यस्तै सदस्यहरुमा दुर्गा प्रसाद भण्डारी, जग्रिता खनाल, अन्शु आचार्य, महेन्द्र गौतम, निरु भण्डारी, अनिता भण्डारी, सुवास परियार आदि रहनुभएको छ । कार्यक्रमको संचालन अनिता आचार्यले गर्नुभएको थियो ।
yuwa-sangh-gulmi

Comments

comments

Comments are closed.