कविता: छ जिल्लाको एक तपोभूमि लुम्विनी…

  •  
  •  
  •  
  •  
  •  

गोकर्ण प्रकाश ज्ञवाली
गुल्मी, पाल्पा, अर्घाखाँची सेरोफेरो
हिमालले शिर उठेका पहाडको घेरो ।।

रुपन्देही, कपिलबस्तु, नवलपरासी यी
उर्वर तराई अनि यहीका बुद्ध तपस्वी ।।

विश्वमा शान्ति छर्ने महामानव हुन बुद्ध
अन्त्य चाहन्थे जो हिंसा, अशान्ती, युद्ध।।

ऋषि पाणीनीको तपोभूमि हो अर्घाखाँची
बाँची रहेनन् उनी गए देवनगरी लिपी साँची ।।

सातहजार बर्ष पूरानो ऋष्यश्रृंगको तपोभूमि त्यो
श्रीरामले पाईला टेकेको गुल्मी देवभूमि हो ।।

दृढ रहौं लुम्विनीबासी अखण्ड लुम्विनी रहोस्,
छ जिल्लाको एक तपोभूमि कदापि नटुक्रियोस् ।।

Comments

comments

Comments are closed.