मधेसमा विखण्डनकारी शक्ति सक्रिय : अध्यक्ष थापा

  •  
  •  
  •  
  •  
  •  

हेटौँडा, ४ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मधेसमा विखण्डनकारी शक्ति सक्रिय भएकाले सबै पक्ष सचेत हुनुपर्ने भन्दै ध्यानाकार्षण गराएका छन् ।

मिडिया नेपालले शनिबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले मधेसमा समस्या रहेको मौका पारेर विखण्डनकारी शक्ति सक्रिय भएकाले सरकार, मधेसवादी र अन्य दल समयमै सचेत हुनुपर्ने बताएका हुन ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले मधेसको समस्या समाधान गरेर विखण्डनकारीलाई पाखा लगाउन संविधान संशोधनका लागि सबै दल एकै स्थानमा उभिन आवश्यक रहेकामा जोड दिए।

संविधान कार्यान्वयन र निर्वाचन गर्न मधेसको समस्या समाधान आवश्यक रहेको उनको भनाई थियो ।

समयमा नै सचेत नभए मधेसको समस्याले विकराल रुप लिने र संविधान नै धरापमा पर्ने भन्दै थापाको दाबी छ । उनले पार्टी एकीकरणपछि सरकारमा जाने की नजाने भन्ने विषयमा प्रधानमन्त्रीको कार्यशैलीमा भर पर्ने बताए ।

Comments

comments

Comments are closed.