बाग्लुङ् आउँदा गुल्मीको झल्को लाउने: पाण्डे

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
गुल्मी, ५ मसिर । जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले सिँगो देश नेपाल नै संस्कृतिमा धनी देश भएको र यसलाई सदैव संरक्षण गरी अगाडी बढाएमा मात्र नेपालीहरुको शिर सदैव उच्च रहने बताउनुभएको छ ।

बाग्लुङ्को ग्वालीचौरमा आयोजित न्वागी मेलालाई समुदघाटन गरि सम्बोधन गर्दे उहाँले बाग्लुङ् जिल्लाका हरेक क्षेत्रहरुमा कुनै न कुनै प्रकारले गर्व गर्नैे संस्कृति भएको भन्दै त्यसम मध्ये गर्व गर्नै पर्व न्वागी भएको बताउनुभयो । करिब ३० बर्ष अगिाडी बिद्यार्थीको रुपमा आउँदाको क्षण र अहिले प्रमुख अतिथिको रुपमा यहाँ आउँदा निकै न्यानो पन अनुभुति गरिरहेको बताउँनुभयो । यस क्षेत्रमा आउँदा आफ्नो घर गुल्मीको झल्को मेटिइरहेको बताउनुभयो ।

उहाँले न्वागी मेला भावनात्मक सम्बन्धका साथ आपसी प्रेममा मनाइनुपर्ने बताउनुभयो । यस्ता कार्यक्रममाहरुमा आफ्नो सदैब साथ र सहयोग रहने बताउनुभयो ।
त्यसैगरी जिल्ला बिकास समितिका स्थानीय बिकास अधिकारी राम प्रसाद आचार्यले पनि न्वागी मेला कृषि सँग सम्बन्धित भएको हुनाले कृषि क्षेत्र बलियो भएमा मात्र न्वागी मेला पनि बलियो हुने बताउनुभएको छ । कृषिमा आधारित उच्च पवित्र पवए न्वागी मेला हामी सबैको पहिचान भएको हुनाले यसको सदैव संरक्षणमा सबै लाग्नुपर्ने उहाँको भनाइ रहेको छ । उहाँहरु कर्यक्तम सम्बोधन पश्चात आजै जिल्ला तर्फ लाग्नुभएको छ ।

Comments

comments

Comments are closed.