जिल्लाको आन्दोलन अब काठमाडौँमा, बन्यो संघर्ष समिति

  •  
  •  
  •  
  •  
  •  

राजु गौतम

मङ्सिर ६, काठमाडौँ । गुल्मी जिल्लाको स्थानीय निकाय पुनर्संरचनामा गम्भीर असहमति जनाई आन्दोलनसम्म गरेका जुभुंग, बलिथुम, आँपचौर, तुरांग र रुपाकोट गाबिसबाट काठमाडौँ आइ विभिन्न पेशा ब्यबसाय गर्नेहरुको एउटा भेला काठमाडौँको त्रिचन्द्र क्याम्पसमा सम्पन्न भएको छ । गत हप्ता जिल्लाबाट पठाईएको संरचना विभाजन एकदम अबैज्ञानिक र मापदण्ड पनि पुरा नगरी गरिएकोमा बिरोध जनाउदै पुनर्संरचना आयोग बुद्धनगर काठमाडौँमा निबेदन दर्ता गराइएको थियो ।15182511_10154343239553089_1645892457_o

रुपाकोट-काठमाडौँ समाजको पहलमा गरिएको उक्त कार्यक्रममा पाँचै गाबिसका सुभचिन्तकहरु भेला भएका थिए । भेलालाइ समाजका अध्यक्ष शिब भण्डारीले संचालन गर्दै भेलाको उधेश्यबारे चर्चा गर्नु भएको थियो । पाँच गाबिसलै प्रतिनिधित्व गर्दै करिब ७० बढीको उपस्थीति रहेको थियो र हरेक गाबिसका प्रतिनिधिले आ-आफ्नो धारणा राखेका थिए । सबैले पाँच गाबिस टुक्रिनु नहुने र टुक्रिने अवस्था आए जे जस्तो आन्दोलन गर्न पनि पछी नपर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । पांच गाबिसको एउटा अलग्गै क्लस्टर बनाउने तर अहिले केन्द्रको बारेमा अहिले नै छलफल नै नगर्ने गरि माग राखिनु पर्नेमा सबै सहमत देखिएका थिए ।

15146762_10154343239503089_902359394_oखरेलका अनुसार इलाकालाई आधार मान्नुपर्ने प्राबधानलाई ठाडै लत्याएर त्यहाँको सामाजिक, सांस्कृतिक, भौगोलिक र भावनात्मक सम्बन्धलाई बेवास्था गर्दै जिल्ला नेतृत्वले हेपाहा प्रवृति देखाएको आरोप लगाउनुभयो । त्यसैगरी चेतन बस्नेत र बिष्णु गौतमले पनि आन्दोलन र अबको आवस्यकताको बारेमा आफ्ना धारणा व्यक्त गर्नु भएकोथियो । भेलामा रुपाकोट समाज सल्लाहकार गिरिराज भण्डारी र हरि भण्डारीले
राजनीतिक दायराबाट माथि उठेर दवाबका लागि जुट्नुपर्ने आवस्यकता रहेकोले सबैलाई एकजुट हुन आग्रह गर्नुभयो ।

भेलाले दवाबको लागि बिरोध कार्यक्रम तय गर्न केहि सदस्य थप गर्ने गरी हाल १६ सदस्यीय दवाब समुह गठन गरेकोछ । रुपाकोटबाट हरी
भण्डारी,शंकर भण्डारी र लक्ष्मण भण्डारी, जुभुंगबाट मनोहर गौतम, भुवन गौतम,रुक्मागत ज्ञवाली, बाबुराम भुषाल, बलिथुमबाट प्रकाश के.सी.,शिब गौतम र राजेन्द्र कंडेल, तुरांगबाट उत्तम अर्याल, गङ्गा अर्याल र कबिता अर्याल तथा आँपचौरबाट कृष्ण खरेल, हिरामणी अर्याल र लिलामणी खरेल सहितको दवाब समुह बनेकोछ ।

15134041_10154343239088089_491848180_oकेन्द्र र गाउपालिकाको नामकरण निर्वाचित समितिले तय गर्ने हुँदा त्यो बिषयमा स्थानीय नेतृत्वको जिम्मा छोड्दै हाललाई ५ गा.बि.स.को क्षेत्र टोक्नको लागि दवाब कार्यक्रम गर्ने निर्णय भएकोछ । दवाब समुहलाई स्थानीय रुपमा आ-आफ्नो गा.बि.स.मा सहमतीको पहल गर्ने, खाका
पुनरावलोकनको लागि पुनर्संचना आयोगमा दवाब दिने र काठमाडौँमा रहेका जिल्ला नेतालाई दवाब दिने म्यान्डेड प्राप्त छ ।

 

 

 

15183857_10154343239483089_1705668147_o 15153073_10154343239308089_1131079952_o 15152867_10154343239283089_1779601742_o 15133679_10154343239188089_898784139_o

Comments

comments

Comments are closed.