गायक महतले सबै नेपालीलाई एकतामा जोडदै

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर ७ । देसको बिग्रदो परिस्थितिलाई खबदारी गर्ने उदेश्यले सार्बजनिक भएको लोकप्रिय गितकार एबं गायक बैकुण्ठ महतको “हाम्रो नेपाल हामी नेपाली” सार्बजनिक भएको छ । देसप्रेमले ओतपूर्ण उक्त सार्बजनिक भएलगत्तै महत यतिबेला चर्चामा रहेका छन् । mahat-songबिभिन्न खाले मायाँ प्रेममा आधारित लोक तथा दोहोरी गितहरु सार्बजनिक गरेर धेरै दर्सक श्रोताको मनजित्न सफल गायक महतले पछिल्लो एल्वम देसभक्तिपूर्ण गित सर्बजनिक गरेका छन् । महतले यसअघि ‘पानीजहाज’ बोलको गीत बजारमा ल्याएर धेरै दर्सक श्रोताको मनजित्न सफल भएका थिए ।
पानीजहाज गित सार्वजनिक सगै धेरै दर्सक श्रोताबाट देसभत्तिपूर्ण गितको लागी सुझाव आएसगै उनले उक्त गित सार्बजनिक गरेको बताए । गीतमा गायक महत को लय शब्द स्वर र गायिका पूर्णकला बिसीको स्वर रहेको छ । लोक भाकामा आधारित उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन । रेड एप्पल मिडिया प्रालिले बजार ब्यवस्थापन गरेको छ ।
गीत मार्फत नेपालीलाई एकतामा जोड्ने प्रयास महतले गरेका छन् । गीतको म्युजिक भिडियोमा पनि सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । हिन्दू, बौद्ध, मुसलमान र क्रिष्चियन सबै धर्मका मानिस यसको दृश्यमा समेटिएको छ । गितमा गायक महत र अभिनेत्री सरिता लामिछाने र युवराज खनालले मुख्य पात्रको रुपमा अभिनय गरेका छन । गितको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पूर्वप्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले लोकापरोण गरेका थिए ।
गितको पुरा भिडियो हेर्नुहोस ।।

Comments

comments

Comments are closed.