सुत्केरी आमाको मृत्युपछि नाबालक छोरी किरियामा

  •  
  •  
  •  
  •  
  •  

रासस
७ मंसिर, तम्घास । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् । पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए ।

कात्तिक २० गते सुत्केरी भएकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन् । मंसिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो । ‘प्रसूति अवस्थामा पक्षघातले समेत थलापारेपछि उनकोे मृत्यु भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भने, ‘अहिले १३ वर्षकी संगिता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन् ।

गाउँलेकै सल्लाह अनुसार श्रीमानलाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो । आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उनले बताए ।

आमाको मृत्युपछि किरिया बसेका छोरीहरु संगिता र रमिता । तस्वीर: रासस

आमाको मृत्युपछि किरिया बसेका छोरीहरु संगिता र रमिता । तस्वीर: रासस


उनले जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिक छोरीलाई भने धर्मछोरी बानाएर पाल्नको लागि आफूले लगेको पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस– ९ का विश्व भुसालले बताए ।

दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन् । आर्थिक अभावकाकारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल पुर्याइए पनि बढी खर्च लाग्ने भएपछि परिवारका सदस्यले उनको उपचारमा सहयोग जुटाउन सकेनन् ।

Comments

comments

Comments are closed.