लक्ष्मीनारायण महिला कृषि सहकारीको अध्यक्षमा यमुना घिमिरे

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी । लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाको सम्पन्न साधारण सभाले यमुना घिमिरेलाइ अध्यक्षमा चयन गरेको छ । पहिला सचिबको रुपमा काम गरिरहनुभएकी घिमिरेलाइ सम्पन्न साधारण सभाले अध्यक्षमा चयन गरेको हो । सभाले उपाध्यक्षमा नन्दकला खराल, सचिबमा तुल्सी मल्ल, कोषाध्यक्षमा कमला खराल तथा सदस्यहरुम बिमला लामीछाने, मिनकला घर्ती तथा मखमली कक्षपतिलाइ चयन गरेको छ ।
त्यसैगरी लेखा समितिमा सुनमाया बौद्धाचार्य, सरस्वती श्रेष्ठ र कोपिला सापकोटा रहनुभएको छ भने ऋण समितिमा शुसीला केसी, मिना केसी र बिजुली नेपाली रहनुभएको छ । संस्थाकी अध्यक्ष दिल कुमारी मल्लको अध्यक्षता रहेको कार्यक्रममा परोपकार बहुद्धेश्यीय सहकारी संस्था वामीका अध्यक्ष धर्मेन्द्र कुमार मल्लकाृ प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्य, समाजसेवी, बुद्धिजिवी लगायतले उपस्थिती रहेको थियो ।
संस्थाले हाल सम्म ५ सय २२ शेयर सदस्य बनाएको छ भने वामीमा बिभिन्न कृषिजन्य गतिबिधिहरु सञ्चालन गरिरहेको छ । आगामी बर्षमा संस्थाले शेयर बढाउने, नया वडाहरुमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्नै, आफिसको ब्यबस्थापन गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी सञ्चालित मोरी पालन, आलुखेती, हाटबजार, मसला उद्योगलाइ निरन्तरता दिने, वामी २ र ६ मा केरा खेती, वामी ३ मा भैसी पालन गर्ने, वामी १ मा बँगुर पालन गर्ने योजना बनाएको जनाइएको छ । साथमा अन्य आयआर्जनका कार्यक्रमहरु समेत अगाडी बढाउने भनिएको छ । कार्यक्रममा लेखा संयोजक सुनमाया बौद्धाचार्यले करिब २७ लाख बराबरको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।
yamuna-ghimireअध्यक्षमा निर्वाचित भएपछि बोल्दै घिमिरेले संस्थालाइ अझै प्रभाबकारी बनाउँदै अगाडी लाने बताइन । उनले संस्थालाइ अझै राम्रो बनाउँदै लैङगिक समानताको ध्वाजाबाहकको रुपमा सहकारीलाइ अगाडी लैजाने बताइन । कार्यक्रमको संञ्चालन नवनिर्वाचित अध्यक्ष तथा पुर्व सचिब यमुना घिमिरेले गर्नुभएको थियो ।

Comments

comments

Comments are closed.