को हुन् गुल्मी आएकी नयाँ महिला एलडिओ?

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंंसिर ७ । गुल्मी जिल्लाको ईतिहासमा पहिलो पटक महिला स्थानीय बिकास अधिकारीले कार्यभार सम्हालेकी छिन् । अर्घाखाँची डिभर्ना वडा नम्वर १ की कल्पना श्रेष्ठले गुल्मीमा पहिलो महिला एलडियोको रुपमा पदभार ग्रहण गरेकी हुन् । छिमेकी जिल्ला अर्घाखांचीको ठाडा–१ मा जन्मिएकी श्रेष्ठ यस अघि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको उपसचिव पदमा कार्यरत थिईन् ।

डिभर्नाकै विजय मावि बाट एस.एल.सी पास गरेकी श्रेष्ठले गुल्मीकै रेसुङगा क्याम्पसबाट आईए सम्म अध्ययन गरी थप अध्ययनका लागि काठमाण्डौ र विदेशका कलेजहरुमा गएकी थिईन् । श्रेष्ठ २०६२ साल पुष महिनमा लोकसेवा आयोग लडेर महिला तथा बालबालिका मन्त्रालयमा शाखा अधिकृतको नियुक्ति पाएकी थिईन् ।

त्यस पछि सामान्य प्रशासन मन्त्रालयमा समेत १३ महिना सम्म रहेकी श्रेष्ठलाई यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका छन् ।

यस अघि गुल्मीकै वासीन्दा स्थानीय विकाश अधिकारी डिलाराम पन्थी थिए । उनि अहिले सोही कार्यभार सम्हाल्न अछाम जिल्लामा सरुवा भएका छन् ।

gulmi-new-ldo

एलडिओ श्रेष्ठ

Comments

comments

Comments are closed.