ढोपाटनको स्याउले बजार पाएन

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी गुल्मी । ढोरपाटनमा आफुले उत्पादन गरेको स्याउ लिएर एक ब्यापारी भानवीर बिसु ग्वालीचौरमा यता उता दिनभरी नै भौतारिइ रहे । उनले आफुले घरेलु स्तरमा ढोरपाटनमा उत्पादन गरेको स्याउ बेच्न भनी यहाँ आएका थिए । तर अन्य स्याउलाइ प्रतिकेजी २ सय रुपियामा किन्न तयार भएपनि उनको त्यो स्याउलाइ ८० रुपैयामा पनि बिकाउन गाह्रो भयो । दिन भरी त्यतै डुले अनि फर्के स्याउ नबेची ।nepali-apples

ढोरपाटनबाट गाडीमा राखेर स्याउ ल्याउँदाको दुख त्यसै खेर गयो, आफ्नो मेहनत र दुख पनि खेर गयो उनले भने । “हामीले उत्पादन गर्ने स्याउ सबै केमिकल बिहिन हुन्छ, तर यसै उत्पादनले बजार पाउँदैन त्यसेले दुख लाग्छ” उनले भने ।  त्यसैगरी उनी सँगै आएका अर्का ब्यबसायी राम ब घर्तीको पीडा पति उस्तै छ । दुइ जना आएका उनीहरुको स्याउको कुनै मुल्य भएन त्याहा, त्यसैले आफुहरुले ढुवानी गरि ल्याएको करिब ४ सय केजी स्याउ पुन फर्काउन बाध्य भए ।  “हामीले उत्पादन गरेको स्याउले बजार पाउँदैन खै किन हो ” उनले भने “ ब्यापार ब्यबसायको लागि तथा स्वास्थ्यको लागि पनि यो स्याउ उत्तम हुन्छ, ”

उनका अनुसार स्याउमा केही दाग लाग्ने भएकोले पनि ग्राहकको आकर्षण कम देखिएको छ । उनी आफुहरुले उत्पादनलाइ कसरी बजारमा पुर्याउने भन्ने कुराको चिन्ता हुने बताउँछन । बजार अभाव र लामो समय भण्डारण गर्ने प्रविधि नहुँदा जिल्लामा उत्पादित स्याउ बारीमै कुहिन सक्ने स्थिती बनेको छ । जसले गर्दा किसानहरु समस्यामा परेका छन ।

Comments

comments

Comments are closed.