लभ म्यारिज गरेर ल्याएकी श्रीमतीलाई ढुङ्गाले हानेर घाइते बनाएपछी….

  •  
  •  
  •  
  •  
  •  
gulmi samachar

पति छापहिले गाविस १ का २२ बर्षिय कुमार गिरीले कुटपिट गरेपटि घाइते भएकी २० बर्षिया पत्नी सरा ज्ञवाली गिरी

टोपलाल अर्याल
गुल्मी, मंसिर १२ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएकै दोस्रो दिन मंसिर १२ गते छापहिले गाविस १ का २२ बर्षिय कुमार गिरीले पत्नी २० बर्षिया सरा ज्ञवाली गिरीलाई कुटपिट गरेका छन् । आरोपित गिरीले पत्नीको टाउकोमा ढुंगाले हानेका थिए ।
टाउकोमा गम्भिर चोट लागेकी पीडितको इलाका स्वास्थ्यचौकी इस्मा रजस्थलमा उपचार भैरहेको छ । टाउकोमा ढुंगाको चुरुना अड्किएकाले बढि रगत बगेको र अहिले चुरुना निकालेर उपचार भैरहेको स्वास्थ्यचौकीका प्रमुख चन्द्र प्रसाद भुसालले बताए ।

पीडितका आफन्तले इस्मा प्रहरी चौकीमा दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले तत्काल गिरफ्तार गरेको छ । चार बर्ष अघि उनीहरुले प्रेम बिबाह गरेका थिए । घरमा पनि पतिले कुटपिट गरेपछि चार महिना देखि माइती बस्दै आएको पीडितले बताइन् । माइतघर इस्मा रजस्थल ४ मा बस्दै आएकी उनलाई घर जान आग्रह गरेर तर नमानेपछि कुटेको आरोपितले बताए । आरोपित अहिले रुपन्देहिको बाँसगढि ५ मा बस्दै आएका छन् ।

gulmi khabar

घाइते सरा ज्ञवाली गिरी र पति २२ बर्षिय कुमार गिरी ।

Comments

comments

Comments are closed.