काँग्रेस बैठकमा ५ नम्बर प्रदेश नटुक्राउन माग

  •  
  •  
  •  
  •  
  •  

काठमाडौंँ – काँग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठकपछि देश जटिल बाटोतिर जाँदै गरेको आफूले बुझेको धारणा सार्वजनिक गरेका छन् ।

सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकपछि देश जटिल बाटोमा जान लागेको धारणा सार्वजनिक गरेका हुन् ।

संविधान संशोधनका विषयमा छलफल गर्न बसेको बैठकमा स्थानीय निकायको निर्वाचन, संविधान कार्यान्वयनका विषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको उनको भनाई छ ।

congress-meetingबैठकपछि आफूले देश जटिल बाटोमा जान लागेको बुझेको उनले बताए । ‘नेताहरुले जसरी पनि स्थानीय निर्वाचन बनाउने कुरामा जोड़ दिएका थिए भने संबिधान संशोधन गरी कार्यन्वनका लागि संबिधान बनाउने शक्तिहरु एकठाउमा बस्नु पर्ने कुरामा समान धारणा छ’ भण्डारीले भने ‘आखÞिर बिना सहमती बैठक सकियो, देश जटिल बाटो तिर लाग्दैछ ।’

प्रदेश नं ५ टुक्र्याउनु हुँदैन भन्ने धारणाका भण्डारीले सबै नेताहरुले पाँच नं. प्रदेश बिभाजन गर्नु हुदैन भन्ने मत राखेको समेत बताए । भण्डारी गुल्मी क्षेत्र नं २ का सांसाद पनि हुन् ।

Comments

comments

Comments are closed.