दलित युवतीद्धारा चारपाला मन्दिर प्रवेश, पहिलो पटक दलितद्वारा पूजाआजा

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर १३ । आफुलाई कालि माता उत्रेको भन्दै गुल्मीको ऐतिहाँसिक चारपाला दरवारको ईस्वरी देवि मन्दिरमा त्यहाँका एक दलित युवती प्रवेश गरेर हिजो देखि पुजा आराधना सुरु गरेकी छिन् । hdv_0980-mp4-still001
उक्त चारपाला दरवार स्थापना भएको झण्डै तिन साताव्दीको ईतिहाँसमा दलित युवती उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना सुरु गरेपछि अन्य समुदाय भित्र हंगमा सुरु भएको छ ।
हिजो विहान खान पकाई रहेको बेला एक्कासी कालिमाई उत्रेर घरबाट हिँडेकी भनिएकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षिया पुजा परियार साढे ९ वजे चारपाला दरवारमा प्रवेश गरेकी थिईन् । प्रवेश गरे पछि पुजा समितिका मानिसहरुलाई मैले ईस्वरीमातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु ढोका खोलि दिनुहोस भनेर आग्रह गरिन् । तर समितिका कुनै पनि पदाधिकारीहरुले अहिले चाँपी छैन खोल्न सकिँदैन भनेर टारी रहे ।
hdv_0980-mp4-still005साँझ ६ वजे सम्म नखोलिए पछि उनको शव्दमा कालिमाईकै शक्ती ग्रहण गरेर मुल ढोका फोरी पुजा सुरु गरिन् । रातभरी पनि पुजा दिनै भर पनि पुजा सुरु गरेपछि आज जिल्लाका दलित अधिकारकर्मी सहित पुजा समिति र स्थानिय राजनैतिक दल बसेर उनले तिन दिन लगातार कालिमाईले पुजा गर्न भन्नु भएको छ भन्दै मन्दिर छाड्न नमाने पछि तिन दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन सवै मञ्जुर भएका छन् ।
पुजा समितिका अध्यक्ष रुद्रबहादुर बुचा मगर लगायतका केहि व्यक्तिले दिउँसो अवेर सम्म के कारणले ढोका खोलियो ? जवकी पुजारी वाहेक कोही बस्न नपाउने निर्णय hdv_0980-mp4-still003समितिले गरेको भन्दै उनलाई अफ्ठ्यारोमा पार्ने तर्क गरेका थिए । तर त्यहाँका दलहरु र जिल्लाबाट गएका दलित अधिकारकर्मीहरु विच राम्ररी छलफल भएपछि उनिहरु पछि हटेका थिए ।
अमरअर्वाथोकको सरस्वती माविमा कक्षा १० मा अध्यानरत परियारले यो मन्दिर सवैका लागि हो, दलितले पुजा गर्न हुँदैन भनेर मलाई देवि उत्रिदा समेत वाहिराउने निकै प्रयास गरियो र भित्र पस्न नदिन घण्टौं सम्म तानावाना वुनेर मलाई दुख दिईयो , त्यस पछि साँझ कालिमाता आफै शक्ती ग्रहण गरेर ठुलो ताल्चा फोरेर मलाई भित्र पसाउनु भयो ।
वाहिरबाट मुखले चिप्लो घस्नेहरु यस मन्दिरका लुटेरा रहेछन् भन्ने कुरा आफुले थाह पाएको उनको आरोप थियो । उनले पटक पटक लुटेराहरुको संज्ञा दिदै समितिका मान्छेहरु मानव विरोधी , देवि–देउता विरोधी भएको आरोप hdv_0980-mp4-still007लगाईन् । उनी मन्दिर प्रवेश गर्ने शाहस आफुले नबटुलेर कालिमाता आफैले बटुलेको ठोकुवा गरिन् ।
आफुलाई मन्दिर प्रवेश गर्न रोक लगाउने र घृणा गर्नेहरुलाई कहिल्लै भलो नहुने उनको भनाई छ । उनका काका ईस्वरी परियारका अनुसार उनलाई दशैँको घटस्थापना देखि कालिमाई उत्रेका थिए ।
hdv_0980-mp4-still004त्यस अघि उनलाई केहि भएको थिएन । तर नुहाउने र चोखो जल चढाउँदै उनि समान्य अवस्थामा स्कुल जाने गर्दथिन् । उनका पिता लक्ष्मण परियार भारतमा जागिरे भएकोले उनि भारतमै जन्मेर हिन्दुधर्मकी अनुयायी रहेकी थिईन् ।
नेपाली कांग्रेसका नेता अशोक थापा, नेकपा एमालेका नेता अशोक श्रेष्ठ र नेकपा माओवादी केन्द्रका स्थानिय नेता डिलबहादुर बिक, ईस्वरी माविका प्रधानध्यापक हरिबहादुर कार्की लगायतका परिवर्तनका पक्षधर स्थानिय शिक्षक वुद्धिजिवीहरुले दलित वा जो कोही पसेर पुजा गर्दैमा फरक नपर्ने तर्क राखेका थिए ।
hdv_0980-mp4-still009मन्दिर प्रवेशको विवाद चर्किन सक्ने सम्भावना देखेर स्थानिय दलित समुदायहरुले वोलाए पछि दलित वर्गउत्थान जिल्ला समन्व्य समितिका उपाध्यक्ष ईस्वरी परियार, नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिक र यसै समाचारदाता त्यहाँ पुगेका थिए ।
झण्डै चार घण्टा लामो छलफल पछि सहज वातवरण बनेर उनलाई थप दुई दिन त्यसै मन्दिरमा राखेर पुजा गर्न दिने त्यस पछि उनलाई त्यस भेगको गहनाका रुपमा संरक्षण र सम्मान गर्न कुनै सुरक्षित स्थानको व्यवस्था समेत गरेर वाहिरी गाउँका मानिसहरुलाई समेत बोलाएर ग्रह दशा हेर्ने वातवरण मिलाउने सहमति बनेको थियो ।
परियार पनि त्यस कुरामा सहमत भईन् र पुजा सुरु गरेर बसीरहेकी छिन् । उनको मन्दिर प्रवेशले चारपाला दरवारको परम्परा तोडिएको छ तर स्थानियको मानसिकता दिलै देखि तोडिने नतोडिने कुरामा भने भविश्यले बताउने देखिएको छ । जातिय विभेद चारपालावासीले नराखी र उनिहरुले अन्य गाउँवासीलाई पनि सकरात्मक सन्देश दिएको जिल्लाबाट गएका तिनै जना दलित अधिकारकर्मीको प्रतिकृया रहेको थियो ।

Comments

comments

Comments are closed.