गायक पशुपतीले गित गाउन छोड्ने (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर १४ । लोकप्रिय गायिका मञ्जु पौडेल र गायक पशुपती शर्माको घम्सा घम्सी भएको छ । सधै जसो प्रेममा आधारित गितहरु सार्वजनिक गर्दै आएकी मञ्जु र पशुपतीको हालै सार्वजनिक भएको एक फरक खालको रोइला गितमा घम्साघम्सी भएको हो । रोइला भाकामा तयार पारिएको गितमा दोहोरी गितमा गाउदा हार्ने र जित्ने जस्ता कथा बस्तुमा गित तयार गरिएको छ । screenshot-from-2016-11-29-14-21-12
रोइला गित सार्वजनिक गर्दै गायिका मञ्जुले फरक कथा बस्तुमा फरक खालको स्वाद दिलाउन खोजेको बताइन । गितमा गाउदै गर्दा हारे पशुपती शर्माले गितै गाउन छोड्ने जस्ता कथा समाबेश गरिएको छ भने गायिका मञ्जु पौडेलले ढुक्क संग जित्ने र आफ्ना भाडा माजने जस्ता कथा बस्तु राखिएको छ ।गितमा सुन्दा प्रत्यक्ष दोहोरी गित गाउदा जस्तै गरि प्रस्तु सुन्न सकिन्छ ।
गितको अन्तिम सम्म दुबै गायक गायिकाको झगडा वढेको कथा बस्तु समाबेश छ । मञ्जु र पशुपतीको शब्द रहेको गितमा पशुपतीको लय रहेको छ । गितको म्युजिक भिडियोमा पशुपती, मञ्जु,नरेश,कबिता अभिनय रहेको छ । बि एम एस फिल्मस् प्रालिले बजारमा व्यबस्थापन गरेको छ ।

Comments

comments

Comments are closed.