पाँच नम्बर प्रदेश टुक्राएको बिरोधमा गुल्मीमा प्रर्दशन सगै बजार बन्द

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी मंसिर १४ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा प्रर्दशन सगै गुल्मी बन्द भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा जिल्ला स्थित कांग्रेस, एमाले,माओवादी केन्द्र लगायत जिल्ला स्थितक्रियाशिल राजनितिकदल, बिभिन्न पार्टीका बिद्यार्थी संगठन, नागरिक समाज, पत्रकार महासंघ, स्थानियको समर्थनमा तम्घास बजार बन्द गर्नुका साथै नाराबाजी गर्दै बजार परिक्रमण गर्दै तम्घासको लाकुरी मञ्चमा कोर्ण सभा समेत सम्पन्न भएको छ । banda-1
कोर्णसभामा बोल्ने अधिकांश बक्ताहरुले जनभावना बिपरित सरकारले ल्याएको संसोधन प्रतावलाई जस्तो सुकै मुल्य चुकार भएपनि यो प्रयासलाई असफल गराउने बताएका थिए । बन्दबाट गुल्मीबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छैनन् भने बजार कलकारखाना शिक्षण संस्थाहरु पनि बन्द भएका छन् । जिल्लामा थप अन्दोलन कसरी लैजाने भन्ने बारे आजै साझ पुन सबैसंग छलफल गर्ने बाणिज्य संघले जनाएको छ ।

banda-3 banda-2

Comments

comments

Comments are closed.